सशस्त्र प्रहरीका ४ डीआइजीको सरूवा

सशस्त्र प्रहरीका ४ डीआइजीको सरूवा

बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • सशस्त्र प्रहरीका ४ डीआइजीको सरूवा

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरूवा गरिएको छ ।

    नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तर)को भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुमा सरूवा गरिएको  सशस्त्र प्रहरी मुख्‍यालयले जनाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल न-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ ।

    यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्‍यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सचिवालय सिंहदरवारमा सरूवा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij