तनहुँमा राजमार्गमा गुडिरहेका ६ वटा गाडी ठोकिदाँ ४ जना घाइते

तनहुँमा राजमार्गमा गुडिरहेका ६ वटा गाडी ठोकिदाँ ४ जना घाइते

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • तनहुँमा राजमार्गमा गुडिरहेका ६ वटा गाडी ठोकिदाँ ४ जना घाइते

    काठमाडौं ।  तनहुँमा पृथ्वी राजमार्गमा ६ वटा गाडी ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । त्यस क्रममा ४ जना घाइते भएका प्रहरीले जनाएको छ । 

    पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ च ८३९० नम्बरको जिपलाई ठक्कर दिएको थियो ।

    त्यसपछि जिपले ग १ ख ९५६१ नम्बरको बस, ना १ च ८४३४ नम्बरको जिप र ना २ ख ३७८९ नम्बरको माइक्रो बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले सुरुमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर लागेका सबै सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनामा घाइते भएकाहरुको लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij