दोस्रोपटक पनि सर्‍यो पूर्वसभामुख सापकोटाको फैसला

दोस्रोपटक पनि सर्‍यो पूर्वसभामुख सापकोटाको फैसला

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • दोस्रोपटक पनि सर्‍यो पूर्वसभामुख सापकोटाको फैसला

    काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सरेको छ । संवैधानिक इजलासले बुधवारका लागि निर्णय सुनाउने मिति तोकेकाे भएपनि समय सरेको सर्वोच्च अदालतले जनाएकाे छ । 

    यसअघि असार १२ गते पनि एक न्यायाधीश अनुपस्थित भएपछि निर्णय सुनाउने मिति सरेको थियो । आज भने फैसलाका लागि अध्ययन नपुगेको बताइएको छ । 

    काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते नै बहस सकिएको थियो । सो दिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गतेका लागि तोकेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij