मुस्ताङको थासाङमा हिउँपहिरो, बोक्सीखोला फेरि थुनियो

मुस्ताङको थासाङमा हिउँपहिरो, बोक्सीखोला फेरि थुनियो

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • मुस्ताङको थासाङमा हिउँपहिरो, बोक्सीखोला फेरि थुनियो

    काठमाडौं । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट हिजाे साँझ पुनः हिउँपहिरो खसेको छ । 

    मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।  

    “यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, हिजाेको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उनले भने, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”

    बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । मंगलबार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij