विराटनगरको रथयात्रा समापन, अवाञ्छित गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

विराटनगरको रथयात्रा समापन, अवाञ्छित गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • विराटनगरको रथयात्रा समापन, अवाञ्छित गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

    काठमाडौं । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट गएराति सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो ।

    प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा तीन लाख बढी भक्तजन सहभागी भएको आयोजकले बताएको छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोड हुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेकाे थियाे ।

    रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गरेको आरोपमा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् । उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएकाे छ ।

    विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खट यात्राको ९३ औं र रथको ५६ औं संस्करण हो ।

    विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij