डेंगुको संक्रमणबाट एकजनाको मृत्यु

डेंगुको संक्रमणबाट एकजनाको मृत्यु

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • डेंगुको संक्रमणबाट एकजनाको मृत्यु

    काठमाडौं । डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् ।

    उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको हाे । मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो ।

    त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍यायाइएको थियो । प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो ।

    श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij