एक महिनापछि खुल्यो केदारनाथ जाने बाटो

एक महिनापछि खुल्यो केदारनाथ जाने बाटो

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • एक महिनापछि खुल्यो केदारनाथ जाने बाटो

    काठमाडौं । भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिकस्थल केदारनाथ जाने बाटो एक महिनापछि खुलेको छ । झन्डै एक महिना पछि केदारनाथ जाने मार्ग श्रद्धालु भक्तजनहरूका लागि खोलिएको हो ।

    समाचार संस्था एएनआईका अनुसार गत ३१ जुलाईका राति उत्तराखण्डको विभिन्न क्षेत्रमा भारी वर्षाले भएको ठूलो क्षतिका कारण गौरीकुण्डदेखि केदारनाथ जाने मार्ग बन्द गरिएको थियो । १९ किलोमिटरको उक्त मार्गको २९ स्थान क्षतिग्रस्त बनेको थियो र पहिरोका कारण बाटो अरुद्ध बनेको थियो ।

    स्थानीय प्रशासनका अनुसार उक्त मार्ग अब घोडा र खच्चडहरूका लागि पूर्ण रुपले खोलिएको र तीर्थ यात्रीहरूले तीनको प्रयोग गरेर केदारनाथको यात्रा गर्न सक्ने बताएको छ ।

    पहिरोका कारण उक्त क्षेत्रमा ३ जनाको मृत्यु भएको थियो भने एक हप्ता चलेको उद्धार अभियानका क्रममा ११ हजारलाई सुरक्षित निकालिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij