काठमाडौं । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् ।
धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना.७ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ज०५२९ नम्बरको ईभी भ्यान मंगलबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको धादिङ अस्पतालले जनाएकाे छ ।