कपिलवस्तुमा खोलामा डुबेर दुई जनाको मृत्यु

कपिलवस्तुमा खोलामा डुबेर दुई जनाको मृत्यु

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • कपिलवस्तुमा खोलामा डुबेर दुई जनाको मृत्यु

    काठमाडौं । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । शनिबार फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्‍याइएकामा अस्पतालले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij