सिन्धुलीमा कार सुनकोशीमा खस्यो, भक्तपुरका तीन जना बेपत्ता

सिन्धुलीमा कार सुनकोशीमा खस्यो, भक्तपुरका तीन जना बेपत्ता

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • सिन्धुलीमा कार सुनकोशीमा खस्यो, भक्तपुरका तीन जना बेपत्ता

    काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट कार सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुँडेल भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् । 

    बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यावो र बलराम भतुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएकाे छ । 

    उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको छ । गाडी भेटिए पनि बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी रहेको छ ।

    भक्तपुरको सुर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । गाडी मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो । बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका १० र जनपद प्रहरीका २५ जना परिचालन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij