मर्स्याङ्दी बस दुर्घटना : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

मर्स्याङ्दी बस दुर्घटना : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • मर्स्याङ्दी बस दुर्घटना  : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

    काठमाडौं ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।

    उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् ।  प्रहरीका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ ।  घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो ।

    बसमा चालकसहित ४३ जना सवार थिए । प्रहरीका अनुसार उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij