अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

    मध्यविन्दु । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो । 

    पहिरो हटाउने काम साँझसम्म सकिएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । 

    पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो ।  कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij