काठमाडौं । पूर्वी नवलपरासीमा डेंगुबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
जिल्लामा अहिले सम्म २४ जनामा डेंगु संक्रमण पहिचान भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएकाे छ ।
जिल्ला भित्रका स्वास्थ्य संस्थामा परीक्षण गराएका मध्ये १३ जना पुरुष र ११ जना महिलामा रोग पुष्टि भएको हो । जिल्लाका बिरामी चितवन र बुटवलका अस्पतालमा स्वास्थ्य परिक्षणका लागि जादा डेंगु रोगबाट प्रभावितको संख्या बढी हुन सक्ने आंकलन गरिएको छ । डेंगी रोगको रोकथाम र जनचेतनाको लागि स्थानीय तहले लामखुट्टेको बासस्थान नष्ट गर्ने र जनचेतना मुलक कार्यक्रम गरेपनि प्रभावकारी हुन सकेको छैन ।