अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ । मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

    पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो ।

    गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij