काठमाडौं । चितवनको माडीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो ।
प्रहरीका अनुसार उनलाई सोमबार दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो ।