काठमाडौं । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-९ बसन्तपुरमा खोला तर्नेक्रममा मोटरसाइकल बगाएको छ ।
मोटरसाइकलमा सवार दुई जनाको भने सकुसल उद्दार भएको छ । अठेरी खोला तर्नेक्रममा हुप्सेकोट गाउँपालिका-३ का ४१ बर्षका देबबहादुर फाल र उनको २० बर्षकी छोरी तुलसी फाल मगर सवार ना २८ प ६९५ नम्बरको मोटरसाइकल बाढिले बगाएको हो ।
बाढिले बगाएको मोटरसाइकल अहिले सम्म भेटिएको छैन । मोटरसाइकल बगाएपनि मानिसलाई भने स्थानीयले तत्कालै उद्दार गरेका थिए ।