मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

    काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । ईच्छाकामना गाउँपालिका–५  अन्तर्गत पर्ने सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२  नं.को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । 

    कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ । कार भरतपुर महानगरपालिका२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । 

    उक्त क्षेत्रमा हिजो रातीदेखि नै पानी परिरहेका कारण प्रहरीले सहजताका साथ यात्रा गर्न अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij