मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ

मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ

    काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले दाङबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का छन् ।
     
    तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा स्थित नर्सरीमा चोरीको मोटरसाइकलको पाटपुर्जा निकाल्दै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् । आरोपीहरुले रा.८प. ३३५८ नम्बरको पल्सर र रा।६प। ७७४१ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    घटनाबारे ईलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij