पहिरोले आंशिक रूपमा थुनियो इन्द्रावती नदी, उच्च सतर्कता अपनाउन आग्रह

पहिरोले आंशिक रूपमा थुनियो इन्द्रावती नदी, उच्च सतर्कता अपनाउन आग्रह

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • पहिरोले आंशिक रूपमा थुनियो इन्द्रावती नदी, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सुक्खा पहिरो जाँदा इन्द्रवती नदी आंशिक रूपमा थुनिएको छ ।

    नदी थप थुनिन सक्ने र नदीमा एक्कासी ठूलो बाढी आउन सक्ने भएकाले पाँचपोखरी, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

    आवश्यक परेमा नजिकको सुरक्षा निकाय, आफ्नो पालिका वा जिल्ला प्रशासन कार्यालयको सम्पर्क नम्बर ९८५१२४३०८४ र ०११ ६२०४७० मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij