पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ३ मानचोकका सुरज विकका छोरा १३ वर्षीय शिशिरको साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय हसौरा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार कावासोतीस्थित चिलाहा पुच्छरमा रहेको हसौरा खोलामा अन्य दुई जना साथीसहित पौडी खेल्न गएका थिए । खोलामा डुबेर बेपत्ता भएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij