काठमाडौं । नारायणी नदीमा माछा मार्न गएका गैंडाकोटका एक युवक बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर ६ निवासी २९ वर्षका विष्णु लामा माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
उनी आइतबार थुम्सीस्थित नारायणी नदीमा थापेको बल्छी हेर्न गएका थिए । त्यहीबेला उनी नदीमा डुबेर बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । नदी किनारमा विष्णुको पाइन्ट र चप्पल भेटिएको छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।