वाइवाइ करेन्ट विवाद : करेन्ट चाउचाउले बजार पुगेका प्याकेट फिर्ता गर्नुपर्ने

वाइवाइ करेन्ट विवाद : करेन्ट चाउचाउले बजार पुगेका प्याकेट फिर्ता गर्नुपर्ने

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • वाइवाइ करेन्ट विवाद : करेन्ट चाउचाउले बजार पुगेका प्याकेट फिर्ता गर्नुपर्ने

    काठमाडौं । वाइवाइको उत्पादक कम्पनी सिजी फुड्सले ट्रेडमार्क मुद्दा जितेको छ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले वाइवाइको जस्तै ट्रेडमार्क राखेर बिक्री गरेपछि सिजीले मुद्दा दायर गरेको थियो । ३२ साउनमा न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले यशोदा फुड्सलाई अर्काको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।

    करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सिजी फुड्स नेपाल लिमिटेड अदालत पुगेको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।

    उक्त आदेशविरुद्ध यशोदा फुड्स वाईवाईविरूद्ध सर्वोच्च गएपछि त्यहाँबाट पनि मुद्दा हारेको हो । सर्वोच्चले पनि उच्चकै आदेशलाई सदर गरेपछि अब यशोदा फुड्सले अहिलेको भन्दा फरक ट्रेडमार्कमा चाउचाउ ल्याउनुपर्ने भएको छ ।

    चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले आफ्नो ट्रेडमार्क नक्कल गरेको सिजी फुड्सको दाबी छ ।

    यस आदेशसँगै वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिए अदालतको मानहानी गरेको मानिने भएकाले यस्तो कार्य नगर्न अदालतले आदेश दिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij