एआईको प्रयोगबाट नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ

एआईको प्रयोगबाट नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • एआईको प्रयोगबाट नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ

    काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट विशिष्ट व्यक्तिहरूको नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।  बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन्।

    उनलाई साइबर ब्युरोको प्राविधिक टोलीले साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो। एआईको दुरूपयोग गरी विशिष्ट व्यक्तिहरूको चरित्रमा निर्मम आघात पुर्याउने तथा कपोकल्पित भ्रामक श्रश्य दृश्य सामग्री तयार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाऐका छ । 

    केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो।

    उनीहरूले पनि ब्युरोमा उजुरी दिएका छन्। तर रमेशबहादुर उनीहरूको भिडिओ बनाउने व्यक्ति नभएको जनाइएको छ ।  जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij