रुकुमपश्चिममा भिरबाट लडेर एकको मृत्यु

रुकुमपश्चिममा भिरबाट लडेर एकको मृत्यु

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • रुकुमपश्चिममा भिरबाट लडेर एकको मृत्यु

    काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ बादँरपानी गाउँका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठुला भिरबाट लडेर मृत्यु भएको वडा सदस्य भिमदत्त बुढाथोकीले जानकारी दिए । 

    उनका अनुसार गाउँले बिरामी भएको खबरपछि भेट्न जानलाई उनी भिरको साँघुरो र चिप्लो बाटोबाट जानेबेला भिरबाट लडेका थिए । भिरबाट करिब दुई सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको थियो । 

    दह चौरबाट पानीगैरा जाने क्रममा उनी भिरबाट लडेका हुन् । मृतक ओलीका चार छोरा र दुई छोरी छन् । तीन भाइ छोरा रोजगारीको लागि भारतमा छन्, एक भाइ मलेसियामा छन् र दुई बहिनी छोरीको बिहे भइसकेको छ । उनी घरमा श्रीमतीको साथमा बस्दै आउका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij