म्याग्दीमा छिमेकीद्वारा महिलाको बीभत्स हत्या

म्याग्दीमा छिमेकीद्वारा महिलाको बीभत्स हत्या

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • म्याग्दीमा छिमेकीद्वारा महिलाको बीभत्स हत्या

    काठमाडौं । म्याग्दीमा एक महिलाको बीभत्स हत्या भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ । 

    आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।

    प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।

    मृतक बिनाकुमारीको टाउको लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । हत्या गरेर फरार भएका अभियुक्त दलबिरलाई राती करिब पौने ११ बजे सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    केही समय अघि मात्र उनिहरु बिच जग्गा किनबेचको विषयमा बिबाद भएको एक स्थानीयले बताए । घटनास्थलमा वडा अध्यक्ष मोतिप्रसाद बुढा, इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली लगायत पुगेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij