तनहुँमा करिब ८ करोड रुपैयाँ विद्युत् बक्यौता बाँकी, कुन शिर्षकमा कति बक्यौता ?

तनहुँमा करिब ८ करोड रुपैयाँ विद्युत् बक्यौता बाँकी, कुन शिर्षकमा कति बक्यौता ?

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • तनहुँमा करिब ८ करोड रुपैयाँ विद्युत् बक्यौता बाँकी, कुन शिर्षकमा कति बक्यौता ?

    दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब ८ करोड रुपैयाँ विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा ७ करोड ९७ लाख ७६ हजार १ सय १ रुपैयाँ बक्यौता रहेको हो । 

    सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट ३ करोड ९७ लाख ६६ हजार ६ सय ६० रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए । उनका अनुसार गार्हस्थ्यतर्फ १ करोड ६७ लाख ८३ हजार ९ सय ५९ रुपैयाँ, गैरव्यापारिकतर्फ ४० लाख ८४ हजार ९ सय रुपैयाँ, औद्योगिकतर्फ १ करोड २४ लाख ४४ हजार २ सय ४२, सडक बत्तीतर्फ १ करोड १४ लाख ६७ हजार ३ सय १७ रुपैयाँ, खानेपानीतर्फ  ८९ हजार ५ सय ९२ रुपैयाँ, चार्जिङ स्टेसनतर्फ ४५ हजार २ सय ४ सय ९९ रुपैयाँ, सिचाइँतर्फ रु ३६ हजार ७ सय ४ रुपैयाँ, मन्दिरतर्फ ४१ हजार ५ सय ९२ रुपैयाँ बक्यौता बाँकी छ । 

    आर्थिक वर्ष २०७९/८० मा ८ करोड ५५ लाख ६० हजार ४ सय रुपैयाँ बक्यौता बाँकी थियो । त्यसमध्ये ५७ लाख ८४ हजार २ सय ९८ रुपैयाँ बक्यौता उठेको रेग्मीले बताए । उनका अनुसार जिल्लामा विद्युत्का ५१ हजार ७ सय १७ ग्राहक पुगेका छन् । 

    आर्थिक वर्ष २०७९÷८० सम्म ५० हजार तीन सय ७२ ग्राहक रहेकामा गत आवमा एक हजार तीन सय ४५ ग्राहक थपिएका हुन् । केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् । 

    हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिचाइँतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ एक सय ६९, मन्दिरतर्फ दुई सय तीन र अन्यतर्फ एक सय सात ग्राहक रहेका केन्द्रले जनाएको छ । 

    केन्द्रले गत आर्थिक बर्षमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट विद्युत् बिक्री गरेको छ ।  आर्थिक बर्ष २०७९/८० मा पाँच करोड दश लाख ३२ हजार चार सय ८९ युनिट विद्युत् बिक्री भएको थियो । ग्राहक सङ्ख्या बढेसँगै विद्युत् बिक्री बढेको रेग्मीको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij