अबबाट सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन नदिइने

अबबाट सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन नदिइने

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • अबबाट सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन नदिइने

    काठमाडौं । देशको कुनै पनि सडक बाढीपहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको छ । यसका लागि १३५ वटा यान्त्रिक उपकरण विभिन्न सडकखण्डमा तैनाथी अवस्थामा राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यसका साथै केन्द्रमा १२९ वटा उपकरण तैनाथीमा छन् ।

    पदबहाली भएको एक महिनाको अवधिमा हासिल भएका उपलब्धिबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सो जानकारी दिएका हुन् । “पहिरोका कारण कुनै पनि सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन दिँदैनौँ,” भन्दै मन्त्री दाहालले पहिरो हटाउन १२९ वटा उपकरण आवश्यकता अनुसार परिचालनका लागि विभिन्न क्षेत्रीय कार्यालयमा तैनाथ अवस्थामा राखिएको बताए ।

    त्यसै गरी वर्षाका कारण अवरुद्ध हुने सडक यातायातको प्रत्यक्ष (लाइभ) जानकारी मन्त्रीको कार्यकक्षमै हुने गरी ‘रोड क्लोजर अपडेट सिस्टम’ जडान गरिएको छ । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका कामकारबाहीको विवरणसहित २३ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका थिए ।

    नागढुङ्गा–मुग्लिङ सडकखण्डमा प्रायः पहिरोको समस्या आइरहने भएकाले सो सडकखण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै उनले यस सडकखण्ड पहिरो एक घण्टाभन्दा बढी समय अवरुद्ध हुन नदिने गरी प्रबन्ध मिलाइएको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij