काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै सोमबार बिहान भएको आगलागी नियन्त्रणमा लिइएको छ । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो ।
आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो। आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ। विद्युत सर्ट भएर सुरु भएको आगलागी ललितपुर महानगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसमेतको सक्रियतामा नियन्त्रण लिइएको हो ।
आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।