उदयपुरकाे विङ्गर दुर्घटनामा एकको मृत्यु, १७ जना घाइते

उदयपुरकाे विङ्गर दुर्घटनामा एकको मृत्यु, १७ जना घाइते

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • उदयपुरकाे विङ्गर दुर्घटनामा एकको मृत्यु, १७ जना घाइते

    उदयपुर । त्रियुगा नगरपालिका-६ चुरे वनस्थित सडकमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना.१ ज ६२७९ नम्बरको विङ्गर गाडी सडकबाट करिब ३० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार काठमाडौं महानगरपालिका-५ बस्ने ५० वर्षीया गिता कार्कीको
    मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। 

    प्रहरीले हाल फरार चालकको खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij