पुल्चोक–ग्वार्को र मंगलबजार लगनखेलमा पूर्ण पार्किङ निषेध

पुल्चोक–ग्वार्को र मंगलबजार लगनखेलमा पूर्ण पार्किङ निषेध

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • पुल्चोक–ग्वार्को र मंगलबजार लगनखेलमा पूर्ण पार्किङ निषेध

    काठमाडौं ।  ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रसँग जोडिएका सडक खण्डमा पूर्ण पार्किङ निषेध गर्ने भएको छ । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले आइतबार सूचना जारी गर्दै सबै पार्किङ निषेध गरेको जनाएकी हुन् ।

    ‘दरबार क्षेत्रसँग जोडिएका पुल्चोक–मंगलबजार–ग्वार्को सडक खण्ड र मंगलबजार–ईटी लगनखेल सडक खण्डमा सवारीसाधन (दुई पाङ्ग्रे) पार्किङ निषेध गरिएको छ,’ सूचनामा छ ।

    अहिले उक्त सडक खण्डको अधिकांश स्थानमा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ भइरहेको छ भने केही स्थानमा चार पाङ्ग्रे पनि भइरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij