सहकारी छानबिन समितिले भदौ ७ गते रवि लामिछानेसँग बयान लिने

सहकारी छानबिन समितिले भदौ ७ गते रवि लामिछानेसँग बयान लिने

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • सहकारी छानबिन समितिले भदौ ७ गते रवि लामिछानेसँग बयान लिने

    काठमाडौं । सहकारी विशेष समितिले आगामी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

    आज पाँचवटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिएको समितिले अब भदौ ७ गते बस्ने बैठकमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिने तयारी रहेको समितिले जनाएकाे छ । 

    लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीको पनि बयान लिइने भएको छ। अब केही व्यक्तिको मात्रै बयान लिन बाँकी रहेको समितिले जनाएकाे छ ।

    हालसम्म जेलमा रहेका १९ जना र अपचलन भएको भनिएका सहकारीका व्यवस्थापक, सञ्चालक र पदाधिकारी गरी २० जनासँग बयान लिइसकेको छ। 

    बयान लिने काम अन्तिम चरणमा पुगेसँगै समितिले प्रतिवेदन लेखनको काम पनि तीव्र पारेको छ। प्रतिवेदनलाई ३ भागमा लेखिने भएको छ। 

    पहिलो भागमा प्रमाणलाई लिपिबद्ध गर्ने, दोस्रो भागमा समस्या र समाधान र तेस्रो भागमा दण्डित गर्नुपर्ने व्यक्तिको नामै उल्लेख गर्ने तयारी समितिको छ। 

    गत जेठ १५ गते गठन भएको समितिले सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन दिन ३ महिनाको समय पाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij