अण्डाको मूल्य घट्यो, अब कति पर्छ ?

अण्डाको मूल्य घट्यो, अब कति पर्छ ?

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • अण्डाको मूल्य घट्यो, अब कति पर्छ ?

    काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ ।

    पछिल्लो पटक २८ असारमा तोकेको अण्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी घटाएको हो ।

    २८ असारमा सबैभन्दा ठूलो (एक्सएल) साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ,  ठूलो अण्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अण्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।

    आइतबार बसेको संघको बैठकले सबैभन्दा ठूलो साइज अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अण्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको हो ।

    पोखरेलका अनुसार अण्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij