बेचन झालाई पुनः थुनामा पठाउन अदालतको आदेश

बेचन झालाई पुनः थुनामा पठाउन अदालतको आदेश

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • बेचन झालाई पुनः थुनामा पठाउन अदालतको आदेश

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई पुनः थुनामा पठाउने आदेश दिएका छन् । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

    यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए । जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए । 

    यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो । 

    शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij