आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री आरजु राणा

आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री आरजु राणा

आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री आरजु राणा

    काठमाडौं । पराष्ट्रमन्त्री डा आरजु राणा देउवा आजदेखि छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ । 

    भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ । 

    दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

    परराष्ट्र मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij