काठमाडौं । दाङको लमहीमा दुई युवती ब्राउन सुगरसहित पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा लमही नगरपालिका–४ अर्नहवाकी २४ वर्षीया श्रृजना कुँवर र २० वर्षीया कौशिला कुमाल रहेकी छिन् ।
गोप्य सूचनाका आधारमा वडा कार्यालय लमहीबाट पुगेको प्रहरीले कुँवरको घर कोठा खानतलासी गर्ने क्रममा शुक्रबार बेलुकी १३० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।