सोलुखुम्बुको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा थामे खोलामा बाढी आएको पुष्टि

सोलुखुम्बुको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा थामे खोलामा बाढी आएको पुष्टि

शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • सोलुखुम्बुको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा थामे खोलामा बाढी आएको पुष्टि

    काठमाडौैं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ। शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो ।

    शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

    त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको छ । अरु दुईवटा जोखिममा देखिएको छ भने एउटा भने सुरक्षित रहेको जनाइएको छ । 

    बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने अवलोकनमा गएको टोली शनिबार साँझ फर्केपछि विस्तृत जानकारी दिन सकिने बताएको छ ।

    बाढीका कारण एउटा विद्यालय, एउटा किल्निक, ७ वटा घर र ५ वटा होटलमा पूर्णरुपमा क्षति भएको छ । त्यस्तै ७ वटा घर जोखिममा रहेको बताइएको छ । पानीको बहाव घट्दै गएता पनि कटानको कारण माथिल्लो तटिय क्षेत्रमा जोखिम रहेको र तल्लो तटिय क्षेत्रमा कटानको कारण जिल्ला सोलुखुम्बु माप्य दुधकोशी गापा–६ बोदेबहर बलेखा बस्ने ५ घरका मानिसहरुलाई नेपाल प्रहरीले सुरक्षित स्थानतर्फ सारेको छ । 

    बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ भने खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij