पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

    काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको  छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आजविहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।  

    प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए । 

    साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो  ।  उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij