सत्कार सहकारीका सचिवसहित ३ जना पक्राउ

सत्कार सहकारीका सचिवसहित ३ जना पक्राउ

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • सत्कार सहकारीका सचिवसहित ३ जना पक्राउ

    काठमाडौं । काठमाडौंको सामाखुसीस्थित सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका सचिव गोबिन्द पुरी, रामेछाप घर भएका कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक तथा रामेछाप घर भएका ध्रुवराज कार्की छन् ।

    सामाखुसीमा प्रधान कार्यालय रहेको सो सहकारीको न्यूरोड र चावहिलमा पनि शाखा कार्यालय छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ । उनीहरुविरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij