काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ । मंगलबार बिहानदेखीको अविरल वर्षाका कारण पहिरो खस्दा ना.५४ प १६५५ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मोटरसाइकल चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
पछाडि सवार मुर्तुजना अन्सारीको खुट्टामा चोट लागेको बताइएको छ ।