काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् ।
यसरी पहिरोमा पुरिएर मृत्यु हुनेमा ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षीय मसुरी विक रहेका छन् ।
पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएको जनाइएको छ । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो ।