काठमाडौं । गए रातीदेखि आएको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ । मंगलबार बिहान काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ स्थित माम्ती सडक खण्डमा अविरल वर्षाका कारण खहरे खोलाबाट लेदोसहित आएको बाढीले यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
बाढीका कारण अहिले बीपी राजमार्गअन्तर्गत सो सडक खण्डमा दुईतर्फी नै यातायात सञ्चालनमा अवरुद्ध भएको छ । ट्राफिक प्रहरीे, स्थानीय निकाय र सडक विभागसँगको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।