डेंगुका कारण एक जनाको मृत्यु, देशभर २ हजार ३ सय ६५ जना संक्रमित

डेंगुका कारण एक जनाको मृत्यु, देशभर २ हजार ३ सय ६५ जना संक्रमित

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • डेंगुका कारण एक जनाको मृत्यु, देशभर २ हजार ३ सय ६५ जना संक्रमित

    काठमाडौं ।  लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

    ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी सङ्क्रमित काठमाडौंमा छन् । काठमाडौं जिल्लामा मात्र २ सय ८७ जनामा संक्रमण देखिएको छ ।

    काठमाडौं उपत्यकाका ३ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका २८७, भक्तपुरका ४२ र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु फैलिएको छ । देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन् । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

    देशभर ७७ मध्ये चार जिल्ला मात्र डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij