काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ । राजविराज–कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षिय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । कर्ण घटनास्थलनजिकै रहेको इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आइरहेका थिए ।