ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

    काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो ।

    २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा ८ हजार ९ सय ६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३ सय २६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् ।

    परीक्षाका लागि ७९ हजार ९ सय ३७ जनाले आवेदन भरेका थिए ।  पास भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे जानकारी पछि दिइने ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ ।

    आवेदनको संख्या निकै बढी भएपछि एचआरडी कोरियाले तीन चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ ।

    यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरेको थियो । जसमा ४० हजार ५ सय ८० जनाले परीक्षा दिएका थिए । भने ६ हजार ३ सय २१ जना मात्रै पास भएका थिए । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ । जसमा ३६ हजार १ सय ७९ जना परीक्षार्थी सहभागी हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij