प्रतिकुल मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित

प्रतिकुल मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • प्रतिकुल मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित

    काठमाडौं । प्रतिकुल मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित भएका छन् । अविरल वर्षाका कारण  बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका हुन् । 

    आगमनतर्फ खासै समस्या नभएको विमानस्थलले जनाएको छ । काठमाडौँबाट भरपुर, पोखरा, सिमरा, भैरहवा, नेपालगन्ज र विराटनगर रुटका जहाजहरू उड्न केही ढिलाइ भएको छ । 

    यस्तै, यती एयरलाइन्सको काठमाडौँदेखि नेपालगन्ज, श्री एयरलाइन्सको काठमाडौँदेखि भैरहवाको उडान रहेको जहाज समेत खराब मौसमकै कारण प्रभावित हुन पुगेका छन् । यी फ्लाइटका यात्रुहरूको बोडिङ पास भइसकेपनि मौसम नखुल्दा उडान हुन नसकेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij