पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालक मेघराजलाई  सरकारले सम्मान गर्ने

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालक मेघराजलाई  सरकारले सम्मान गर्ने

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालक मेघराजलाई  सरकारले सम्मान गर्ने

    काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा भिरबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ ।

    गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने भएको हो ।

    विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको छ । 

    बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    उनले चलाएको बसमा करिब ३० जना यात्रु थिए । उनीहरू सबै जोगिए । सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता छन् । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीन जना पौडिएर ज्यान जोगाउन सफल भए । नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरुको अवस्था अहिलेसम्म पत्तो लाग्न सकेको छैन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij