काठमाडौंमा रातभर झरी, देशभरका यी स्थानमा पर्यो ठूलो पानी

काठमाडौंमा रातभर झरी, देशभरका यी स्थानमा पर्यो ठूलो पानी

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौंमा रातभर झरी, देशभरका यी स्थानमा पर्यो ठूलो पानी

    काठमाडौं । काठमाडौं उपत्यकामा रातभर झरी परेको छ । गएराति १० बजेदेखि पर्न थालेको पानी बिहानसम्म निरन्तर परिरहेको छ । बिहान ६ बजेदेखि भने झरी केही कम भएको छ । 

    निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ । तर, उपत्यकाका नदीको जलसतह हालसम्म सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

    यस्तै, काठमाडौंसहित देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । 

    मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । त्यहाँ पनि बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

    झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij