२८ जेठयता प्राकृतिक विपत्तिमा परी १५४ जनाको मृत्यु

२८ जेठयता प्राकृतिक विपत्तिमा परी १५४ जनाको मृत्यु

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • २८ जेठयता प्राकृतिक विपत्तिमा परी १५४ जनाको मृत्यु

    काठमाडौं । मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी १ सय ५४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्‌मा परी ४७ जना व्यक्ति बेपत्ता छन् भने १ सय ८६ जना घाइते भएका छन् ।

    यो अवधिमा प्राकृतिक विपद्‌मा परेका १ सय ८ जनाको उद्दार गरिएको छ । पहिरो, बाढी लगायत विपद्‌बाट ४ हजार २ सय ३८ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण सोमबारसम्म ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

    विपद्‌बाट २८ जेठयता ७ सय ४३ पशु चौपायको मृत्यु भएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij