लगानी बोर्डका सीईओ भट्टको चारवर्षे कार्यकाल पूरा

लगानी बोर्डका सीईओ भट्टको चारवर्षे कार्यकाल पूरा

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • लगानी बोर्डका सीईओ भट्टको चारवर्षे कार्यकाल पूरा

    काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आफ्नो चार वर्षको कार्यकाल पूरा भएको छ । भट्ट २०७७ साउन १९ गते बोर्ड सीईओ नियुक्त भएका थिए । 

    भट्टको कार्यकालमा बोर्डको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भएको थियो । 

    भट्टले बोर्ड सीईओबाट विदा हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

    ‘मैले लगानी बोर्डको सीईओको रुपमा चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको छु’, उनले ट्विटरमा भनेका छन्,‘म यस महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारप्रति कृतज्ञ छु ।’ 

    उनले प्रधानमन्त्रीहरु, अर्थमन्त्रीहरु, मन्त्रीहरु र अन्य बोर्ड सदस्यका लागि आवश्यक निर्देशन तथा सहकार्यका लागि पनि आभार व्यक्त गरेका छन् ।   

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij