देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • देशभर  हैजा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

    काठमाडौं । देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी०) का अनुसार  मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो ।  

    सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।  यसै गरी कैलालीमा ८ र प्युठानमा २ जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका १ जनालाई हैजा पुष्टि भए छ ।

    गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह  गरेको  छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij